



शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडियाले राजतन्त्र र प्रजातन्त्रलाई परस्पर विरोधी धारणा बनाउने प्रयास गरेको आरोप लगाए।

“नेपालमा राजासहितको प्रजातन्त्र आवश्यक छ भन्ने विचार राख्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई आग्रह गर्न चाहन्छु कि राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्। यी दुवै सहअस्तित्वमा जान सक्छन्,” लिङ्देनले भने।


उनले देश अहिले परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै कसैले पनि जनताको भावनाविपरीत गएर परिवर्तन रोक्न नहुने बताए। “देश परिवर्तनको चरणमा छ। यो अब रोक्ने स्थिति छैन,” उनले भने, “हामी कसैले पनि जनभावनाविरुद्ध गएर परिस्थितिलाई दुर्घटनातर्फ लैजानुहुँदैन।”


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69