Aamsanchar

९० वर्ष भन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

Author Image
सोमवार, चैत ४, २०८१

काठमाडौं –९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।

गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

‘‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ’, गृहमन्त्री लेखकले सोमबार प्रतिनिधि सभाको बैठकमा भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर