Aamsanchar

अमेरिकी भिसा धारकहरूका लागि कडाइ, नियम उल्लंघन गरेमा भिसा रद्द हुने

Author Image
मङ्गलवार, चैत ५, २०८१

अमेरिकी विदेश मन्त्रालयले भिसा सम्बन्धी अनुसन्धानलाई थप कडा पार्दै, जारी भिसामाथि समेत पुनरवलोकन गर्ने निर्णय गरेको छ। यदि अनुसन्धानका क्रममा अमेरिकी कानुन र आप्रवासन नीतिहरू उल्लंघन गरेको पाइएमा सम्बन्धित व्यक्तिको भिसा खारेज गर्दै देश निकाला गर्न सकिने चेतावनी मन्त्रालयले दिएको छ।

सोमबार, अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ह् मार्फत सार्वजनिक गरेको सन्देशमा, भिसा जारी भएपछि समेत नियमित रूपमा समीक्षा गरिने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार, कुनै व्यक्तिले अमेरिकी कानुन उल्लंघन गरेको पाइएमा भिसा रद्द गर्न सकिन्छ र आवश्यक परेमा उनलाई देशबाट निष्कासन गरिनेछ।

“अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि समाप्त हुँदैन। भिसा प्राप्त गरेपछि पनि सम्बन्धित व्यक्तिले सबै नियमहरूको पालना गरेको छ कि छैन भन्ने निरन्तर परीक्षण गरिन्छ। उल्लंघन देखिएमा भिसा खारेज गरी आवश्यक कारबाही गरिनेछ,“ मन्त्रालयले आफ्नो आधिकारिक ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ।

हालको अमेरिकी प्रशासनले आप्रवासन नीतिलाई थप कडा बनाउँदै आएको छ। यस नीतिले भिसाको दुरुपयोग रोक्न तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई सचेत गराउने उद्देश्य राखेको बताइएको छ। यसअघि पनि अमेरिकी सरकारले ग्रीन कार्ड प्राप्त गरेका व्यक्तिहरूले पनि नियम उल्लंघन गरेमा स्थायी बसोबासको अधिकार गुमाउन सक्ने संकेत दिएको थियो।

यस निर्णयले अमेरिका आउने तथा बसोबास गरिरहेका आप्रवासीहरूलाई थप सतर्क बनाएको छ।

US Department of State

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर