Aamsanchar

घुमिरहेको फेनले अस्पताल पु¥याएपछि…

Author Image
मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड।

ह्प–हप्पी गर्मी फेन बिना एक्कै छिन बस्न सकिन्न् तर त्यही फेनले आफुलाई अस्पताल सम्म पु¥याउला भनेर कसैले सोचेको पनि हुदैन् । सोमबार यस्तै घटना झापाको विर्तामोडमा भएको छ ।
राष्ट्रिय जनता पार्टी र कोचिला गाभुर फ्रन्ट बीचको एकता भेलामा सहभागी भएका कचनकबल गाँउपालिका–९ बनियानीका कर्ण राजवंशी फेनले लागेर घाइते भएका छन् । कार्यक्रममा सहभागि भइरहेका बेला उनलाई घुम्दै गरेको फेनले लागेर अस्पताल सम्म पु¥याएको छ ।

३० वर्षका राजवंशीलाई फेनले टाँउकामा लागेको हो । उनको विर्तामोड स्थित कञ्चनजंघा हस्पिटलमा उपचार गरिएको छ । निधारमा चोट लागेका राजवंशीले भाग्यले आफु बाँच्न सफल भएको बताए ।
अत्याधिक गर्मी भएको र फेन चलाउँदा उक्त दुर्घटना भएको राजपा झापाका संयोजक सुर्यनारायण गणेशले बताए । झापामा पछिल्ला दिनहरुमा गर्मी बढेर गएको छ । कतै घरका सिलिङहरुमा झुण्डियाएका फेनहरु त कमजोर छैनन एक पटक जाँच गर्नुपर्ने बेला भएको राजपा झापाका संयोजक गणेशले बताए ।
आफ्नो सानो हेलचेत्र्रmाईले ठूलो मानवीय क्षति पनि हुन सक्ने भएकाले सबै सजक बन्नुपर्ने कञ्चनजंघा हस्पिटलका प्रमुख सिपी यादवले सुझाब दिए ।

Views: 141

प्रतिक्रिया (०)