Aamsanchar

भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

Author Image
मङ्गलवार, चैत ५, २०८१

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आइरहेको बा४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा।प्र।०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार भरतपुर महानगरपालिका–२, क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । नयाँ मेडिकल कलेज भरतपुरमा उनको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर