Aamsanchar

मोरङमा भिषण आगलागी, दुई बालबालिकाको मृत्यु, ८ घर जले

Author Image
मङ्गलवार, चैत ५, २०८१

विराटनगर – मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन।

आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन। नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता(डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर