Aamsanchar

पक्की घरका कारण भँगेराको सङ्ख्या वर्षेनि घट्दो

Author Image
शुक्रवार, चैत ८, २०८१

कञ्चनपुर – तीव्र रूपमा भइरहेको शहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो ।

भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको चराविज्ञहरुको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको चराविज्ञ हिरूलाल डगौराले बताउनुभयो । उहाँका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ ।

प्रजनन क्षमतामा पनि प्रतिकूल असर पर्छ । विकिरणले मस्तिष्कमा असर गर्दा भँगेरा मर्ने गरेको छ । ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ भने खेतबारीमा किसानले विषादीको अत्यधिक प्रयोग गर्दा भँगेराको मर्ने गरेको पाइन्छ । उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्त्वपूर्ण छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)