काठमाडौं,

दोश्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु हुने भएको छ ।

यसअघि असार ८ गतेदेखि सुरु हुने भनिएको परीक्षा, सरकारले असार १४ गते दोश्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि, अगाडि सारिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षा असार १० गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको धेरै तयारी सकिएको पनि उहाँले बताउनुभयो । परीक्षाका लागि प्रश्नपत्र छाप्ने र परीक्षा केन्द्र तोक्ने लगायतका सबै प्राविधिक तयारी सकिएको रिमालको भनाई छ ।

चुनावकै कारण कक्षा ११ को परीक्षा सरेको यो तेश्रोपटक हो ।
Views: 156

