Aamsanchar

छोरीले पालेको कुकुरहरूले टोकेर एक वृद्ध महिलालाई मार्यो

Author Image
मङ्गलवार, चैत १२, २०८१

कोलोराडो –  अमेरिकाको कोलोराडोमा एक वृद्ध महिलालाई छोरीले पालेको कुकुरहरूले टोकेर मारेको घटना प्रकाशमा आएको छ । घटनापछि प्रहरीले वृद्धकी छोरीलाई पक्राउ गरेको छ । छोरीले घरमा ५० भन्दा बढी कुकुर पालेकी थिइन् । ७६ वर्षीया लाभोन हफ गत फेब्रुअरीमा घरमै मृत फेला परेको समाचारमा उल्लेख छ । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र धेरै कुकुरहरू घुमिरहेका थिए ।

घरमा थिए ५४ वटा कुकुर

लाभोन हफ डिमेन्सियाका बिरामी थिइन् । उनलाई २४सै घण्टा हेरचाह आवश्यक थियो । यति हुँदा हुँदै पनि उनकी ४७ वर्षीया छोरी जेसिका हफ आमालाई घरपालुवा कुकुरहरूसँग घरमा एक्लै छोडेर घरबाहिर गइन् । घरमा थुनिएका केही कुकुरहरू आक्रामक भए र वृद्धा महिलालाई निर्ममतापूर्वक मारे । प्रहरीले जेसिकाको घरबाट कुल ५४ वटा कुकुर फेला पारेका छन् । कयौं कुकुरहरूको अवस्था निकै खराब थियो । केही त निकै फोहोरी थिए ।

पशु नियन्त्रण अधिकारीहरूले घरमा रहेका सबै कुकुर र पिँजडामा थुनेर राखिएका चराहरू जफत गरेर लगेका छन् । जेसिका हाल थुनामा छिन् । बिहीबार उनलाई अदालतमा उपस्थित गराइँदै छ । यहीबीचमा जेसिका सरकारी वकिलले भने उनको बचाउ गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)