Aamsanchar

सेन्टर प्लाजामा आगलागी

Author Image
बुधवार, चैत १३, २०८१

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । आज विहान पौने १० बजेदेखि लागेको आगो आठ वटा दमकलको सहयोगमा निभाउने प्रयास भइरहेको छ ।

सेन्टर प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगलागी सातौं तलासम्म फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले प्रहरी र स्थानीबासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)