


विराटनगर- मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
त्यसैगरी विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र NITRAVET-10- १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा-५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० का १८ बर्षीय रविन थाङ्देन र २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो.सादिक मिँया र ३५ बर्षीय मो.समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ ।
यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी-७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 74