


सुनसरी- भोक्राहानरसिंह गाउँपालिका-६ मा चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साह रहेकी छिन् । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 79