Aamsanchar

रवीन्द्र मिश्रलगायतको रिहाइको माग गर्दै रिले अनशन जारी

Author Image
मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं –राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेको छ ।

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्न उनीहरूको माग छ । मिश्रलगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशन जारी राखेका हुन् ।

अनशनकारीले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेललगायत नेता सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकालाई छिटोभन्दा छिटो रिहा गर्नुपर्ने बताए ।

आफूहरूको आन्दोलन नरोकिने भन्दै उनीहरूले आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरे ।

मिश्रलगायत नेताहरू चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर