Aamsanchar

भोलि लिङ्देन, थापा, सुवेदी, बिष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने

Author Image
बुधवार, वैशाख २४, २०८२

काठमाडौं — नवराज सुवेदीको नेतृत्वमा गठित ‘जनआन्दोलन समिति’ राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै सक्रियरूपमा अघि बढेको छ। समितिले भोलि, बैशाख २५ गते काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा विशेष घोषणा सभा आयोजना गर्ने तयारी गरेको छ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसहित विभिन्न राजावादी र हिन्दुवादी संघसंस्थाहरूको सहभागिता रहने जनाइएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जनआन्दोलन समितिको उक्त कार्यक्रममा अध्यक्ष कमल थापाको उपस्थिति रहने पुष्टि गरेका छन्। उनले भने, “भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, र यो आन्दोलन पूर्णतः शान्तिपूर्ण हुनेछ।”

सूत्रका अनुसार घोषणा सभामा ५० भन्दा बढी संघसंस्थाले भावी आन्दोलनमा समर्थन जनाउँदै औपचारिक प्रतिबद्धता जनाउने तयारी गरेका छन्।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर