सुरुङ्गा।
नेपाल राष्ट्रिय शिक्षक संगठन, कनकाई नगर कमिटी गठन भएको छ । शुक्रबार कनकाई माविमा आयोजित एक कार्यक्रमका बीच हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा समिति गठन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा तिलक गजमेर, महिला उपाध्यक्षमा हिरा पराजुली, सचिवमा चन्द्रप्रसाद पोखरेल, सह–सचिव (महिला) मा कमला पौडेल, कोषध्यक्षमा ज्ञानबहादुर रायमाझी र सह–कोषाध्यक्ष (महिला) मा उमा राई चयन भएका छन् । समितिको सदस्यहरुमा राजेन्द्र खनाल, सूर्यप्रसाद अधिकारी, ज्ञीतबहादुर बस्नेत, जनार्दन पोखरेल, शान्तिराम खनाल, भोलाप्रसाद ढुंगाना, गंगा खवास, खड्गराज कार्की र सुशिला सुवेदी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, महिला सदस्यहरुमा भीमामाया तामाङ, मदनकुमारी बञ्जरा अधिकारी, रञ्जिता श्रेष्ठ, प्रदेश प्रतिनिधिहरुमा तुलाराम बस्नेत, मन्दिरा सुवेदी र गोपीकृष्ण भट्टराई चयन भएका छन् ।