Aamsanchar

राजपाले फेरि गर्‍यो चुनाव सार्ने प्रस्ताव, यस्तै रहे १४ गते चुनावमा नजाने !

Author Image
शनिवार, जेठ २७, २०७४

काठमाडौं,

राष्ट्रिय जनता पार्टी नेपालले फेरि चुनाव सार्ने प्रस्ताव गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतासँगको छलफलमा राजपाका नेताहरुले चुनाव अघि नै आफ्ना राजनीतिक मुद्दा सम्वोधन हुनु पर्ने र त्यसका लागि चुनावको मिति फेरि सार्नु पर्ने प्रस्ताव गरेको छ ।

तर आफूहरुले त्यसलाई अस्वीकार गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । राजपाको माग अनुसार नै सरकारले चुनावको मिति तीन पटक सारेको छ । उहाँले शनिबारको छलफल सफल नभएको र यतास्थिति कायम रहेमा राजपाले असार १४ गते हुने चुनावमा सहभागी नहुने बताएको जानकारी दिनुभयो ।

सरकार,नेका,माके र राजपाको बिचमा अहिले भएको बार्ता सफल हुन सकेन।भोलि बिहान सम्म यथास्थिती कायम रहेमा स्थानीय चुनाबमा राजपा सहभागी नहुने भयो।

छलफलमा सत्तारुढ दलका नेताहरुले राजपाले भनेजस्तो तत्कालै संविधान संशोधन गर्ने पक्षमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले चुनावपछि एमालेसंग पनि छलफल गरि संविधान संशोधन विधेयक पारित गर्ने सर्तमा दोश्रो चरणको चुनावमा सहभागी हुन आग्रह गरेका थिए ।

राजपाले चुनावको लागि राजनैतिक मुद्दा सम्बोधन हुनु पर्ने र त्यसका लागि चुनावको मिति पुनःसार्ने प्रस्ताब राख्यो।हामीले त्यसलाई अस्विकार गर्यौ।

Views: 160

प्रतिक्रिया (०)