Aamsanchar

आजको माैसम

Author Image
बिहिवार, जेठ २३, २०८२

काठमाण्डौ – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भोजपुर, धनकुटा, झापा, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मनाङ, बागलुङलगायतका जिल्लाका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै ठाउँहरूमा र बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । मौसमविद विनोद पोख्रेलका अनुसार भोलिदेखि ३–४ दिनसम्म पानी नपर्ने र सुक्खा हुने सम्भावना छ ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर