Aamsanchar

झापा कनकाई–८ बागेडागीमा चोरी गरेर भाग्दै गरेका युवक स्थानीयको सहयोगमा पक्राउ

Author Image
शुक्रवार, जेठ २३, २०८२

झापा, कनकाई नगरपालिका–८ बागेडागीमा एक घरमा चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

शुक्रबार साँझ करिब ४ बजे रत्नबहादुर भुजेलको घरमा चोरी गरी भाग्दै गरेका मन्थली नगरपालिका–१, चिसापानी घर भइ हाल झापा बसोबास गर्दै आएका अन्दाजी २५ वर्षीय सन्तोष सार्कीलाई पक्राउ गरिएको स्थानीय युवा समाजसेवी टेकबहादुर बस्नेतले जानकारी दिए।

पीडित रत्नबहादुर भुजेलका अनुसार, सार्कीले घरमा प्रवेश गरी दुई थान मोबाइल, सुन–चाँदीका गरगहना लगायत करिब १ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल चोरी गरेका थिए। सार्कीले भाग्ने क्रममा ठाउँ ठाँउमा चोरी गरेको सामान फ्याक्दै डौडिएका थिए । चोरीभएका कैही सामानहरु खेत र चोरीमा संलग्न सार्कीको साथबाट फेला परेको बताइएको छ ।

घटनापछि स्थानीयवासीको सहयोगमा पक्राउ परेका सार्कीलाई इलाका प्रहरी कार्यालय घैलाडुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको आमसंचार डटकमलाई जानकारी प्राप्त भएको छ।

हालका दिनमा कनकाई नगरपालिकाको विभिन्न वडाहरूमा चोरीका घटनाहरू बढ्दै गएकाले स्थानीयस्तरमा निगरानी तथा प्रहरी गस्ती सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय मानबहादुर भुजेलले बताए।

Views: 637

प्रतिक्रिया (०)

सम्बन्धित खबर