तीर्थ सिग्देल र लक्ष्मी काफ्ले
मेचीनगर नगरपालिका
काँकरभिट्टालाई पूर्वी सिमानाको सहर पनि भनिन्छ । यो सहरमा जति नेपाली नागरिक भेटिन्छन्, उति नै भारतीय पनि ।
पूर्वको ढोकाका रुपमा परिचित काँकरभिट्टालाई तेस्रो देशसँगको नजिकको नाका भने पनि फरक पदैर्न । काँकरभिट्टाको नाम देशभरका अधिकांश नागरिकले सुनेका छन् । त्यसको प्रमुख कारण हो– यातायात । काँकरभिट्टाबाट नेपालका ३०–४० वटा जिल्लाका लागि गाडी छुट्छन् । पश्चिमबाट पूर्व आउने अधिकांश गाडीको विश्रामस्थल पनि काँकरभिट्टा नै हो ।
काँकरभिट्टाजस्ता सहर विश्वमा कम्ती नै हुन्छन् । यो यस्तो सहर हो, जहाँ २४ घण्टाभित्रमा ३ वटा देश पुगेर आउन सकिन्छ । भारत, भुटान र बङ्गलादेश काँकरभिट्टाबाट साह्रै नजिकमा छन् । यहाँ पर्यटकको चहलपहल सधैँ भइरहन्छ । काँकरभिट्टामा बङ्गलादेश, भारत हुँदै पर्यटक आउँछन् । उनीहरु काँकरभिट्टा भम्रण गर्न आएका अवश्य होइनन् ।
तर, बङ्गलादेश, भारत, भुटान, वर्मा तथा श्रीलङ्काका पर्यटक पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्दा उनीहरुले टेक्ने पहिलो नेपाली सहर काँकरभिट्टा नै हो । त्यसैले यो पर्यटकीय नगरी हो ।
भारतको बागडोगरा अन्तरर्ाष्ट्रिय एयरपोर्ट काँकरभिट्टादेखि २२ किलोमिटरको दूरीमा छ । यसर्थ, भारत लगायत अन्य देशका पर्यटक पूर्वी नेपाल भ्रमण गर्न काँकरभिट्टा हुँदै प्रवेश गर्छन् । काँकरभिट्टाबाट ७२ किलोमिटरको दूरीमा पर्छ, भारतको दार्जिलिङ सहर, सिक्किम १७२ किलोमिटरमा ।
नेपाली नागरिक भारतका यी ठाउँमा घुम्न जान खुब रुचाउँछन् । उनीहरु भारत प्रवेश गनेर् बेला खाने, बस्ने, टिकट गनेर् सहर काँकरभिट्टा नै हो । काँकरभिट्टाका होटल, ट्राभल एजेन्सी र ट्याक्सी व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकबाट मनग्ये कमाइ गरिरहेका छन् ।
काँकरभिट्टाको गहनाका रुपमा चिनिन्छ, मेची भन्सार कार्यालय ।
राज्यलाई प्राप्त हुने राजश्वको एउटा मवत्वपूर्ण स्रोत मेची भन्सार हो । यो भन्सार हुँदै अदुवा, अलैँची, चिराइतो, अम्रिसो, चिया, तरकारी लगायतका खाद्य सामाग्री निर्यात गरिन्छ । सिङ्गापुर, थाइल्याण्ड हुँदै नेपाल आउने सुपारी पनि काँकरभिट्टा नाकामार्फत् ल्याइन्छ । नेपालको एउटा महत्वपूर्ण व्यापारिक नाका हो, काँकरभिट्टा ।
यो सहरबाट मेची पुल तरेपछि भारतको पानीट्याङ्की सहर पुगिन्छ । नेपालमा उत्पादन भएको दाल मेची भन्सार हुँदै बङ्गलादेशसम्म निकासी गरिन्छ । बङ्गलादेशसँग हुने नेपालको व्यापारको अधिकांश पारवाहन यसै नाकाबाट चल्ने गर्दछ ।
काँकरभिट्टालाई व्यस्त सहर पनि भनिन्छ । यो सहर कतिबेलै फुर्सदिलो देखिँदैन । यहाँ मानव बेचविखन न्यूनीकरण गनेर् उद्देश्यका साथ माइती नेपाल लगायत विभिन्न संघ–संस्था छन् । इलाका प्रहरी कार्यालय तथा शसस्त्र प्रहरी कार्यालयका प्रहरीले सुरक्षा व्यवस्था मजबुत पारेको छ ।
काँकरभिट्टास्थित सरकारी बैङ्क तथा भारतीय रुपैयाँ सटही केन्द्रहरुले भारत जाने तथा भारतबाट नेपाल आउनेहरुलाई नोट सटही गरेर सहयोग पु¥याएका छन् । काँकरभिट्टाको नजिकै धुलाबारी बजार छ । कुनै समय यो बजार नेपालको ‘हङकङ बजार’ भनेर चिनिन्थ्यो ।
तेस्रो मुलुकका महँगा सामान यहाँ पाइन्थे । भारतले खुला बजार नीति लिनुभन्दा अगाडि पूर्व तथा पूवोर्त्तर भारतका नागरिक सामान किन्न धुलाबारी आउँथे ।
व्यापारिक हिसावले मेची अञ्चलकै केन्द्र हो, बिर्तामोड । बिर्तामोड मेची अञ्चलको ‘विजनेश हब’ बन्दैछ । इलाम, पाँचथर र ताप्लेजुङका व्यापारी सामान खरिद गर्न आउने सहर बिर्तामोड नै हो ।
देशका अधिकांश बैङ्कले बिर्तामोडमा शाखा खोलेका छन् । बिर्तामोडमा ३० वटा बैङ्क छन् । यो नगरको कुल जनसङ्ख्या १ लाख छ । बिर्तामोडमा १२० भन्दा बढी सहकारी संस्था छन् । सहकारी हब हो, बिर्तामोड ।
पूर्व–पश्चिम राजमार्गमा अवस्थित बिर्तामोड झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटु पनि भनिन्छ । साविक अनारमनी गाविसमा पनेर् बिर्तामोड २०७१ जेठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । यसअघिको अनारमनी गाविस झापाकै सम्बृद्ध गाविस थियो । यहाँका कलेज, हस्पिटल, बैङ्क तथा वित्तीय संस्था, पसल तथा जनसङ्ख्याकै आधारमा चारपाने गाविस पनि मिसाएर यसलाई नगरपालिकामा रुपान्तरण गरिएको हो ।
साविक चारपाने पनि शैक्षिक र व्यापारिक दृष्टिले उतिखेरैदेखि चर्चित थियो । नगरपालिका बनेसँगै त्यसमा थप बृद्धि भएको छ । पछिल्लो समय गरामनी गाविस पनि बिर्तामोड नगरपालिकामै गाभिएको छ । तीन गाविस गाभेर नगरपालिका घोषणा हुनुअघि उपमहानगरपालिकाको चर्चा निक्कै चल्यो ।
कतिपय प्राविधिक कारणले यो उपमहानगरपालिका नभए पनि सम्बृद्ध नगरपालिकाका रुपमा मेचीकै उत्कृष्ट नगर बन्ने सम्भावना प्रवल छ ।
बिर्ताबजारतिर मोडिने ठाउँ भएकोले यो सहरको नाम बिर्तामोड रहेको स्थानीयबासी बताउँछन् । बिर्तामोड धेरै सम्भावना बोकेको सहर हो । पछिल्लो समय बिर्तामोडलाई फुटबलले चिनाएको छ । धेरैले बिर्तामोडलाई फुटबलको सहर भन्न थालेका छन् ।
मुलुककै चर्चित फुटबल क्लब ‘झापा–११’ बिर्तामोडकै हो । बिर्तामोडमा डोमालाल राजवंशी रङ्गशाला छ । यहाँ प्रत्येक वर्ष मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘झापा गोलडकप’ आयोजना गनेर् गरिएको छ ।
झापामा आयोजना हुने राष्ट्रियस्तरका फुटबल प्रतियोगिता बिर्तामोडकै डोमालाल रङ्गशालामा खेलाइन्छ राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरु खेलाइए पनि डोमालाल राजवंशी रङ्गशालाको स्वामित्वमा भने समस्या छ ।
बिर्तामोड अहिले मेची अञ्चलकै स्वास्थ्योपचारको केन्द्रविन्दुका रुपमा विकासित हुँदैछ । एक दर्जनभन्दा बढी अस्पताल छन्, बिर्तामोडमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत पहाडी जिल्लामा गुणस्तरीय अस्पताल छैनन् । तसर्थ ती जिल्लाका बासिन्दा पनि उपचारका लागि बिर्तामोड आउने गरेका छन् ।
बिर्तामोडमा तीनसय शैय्याको बी एण्ड सी हस्पिटल छ । बी एण्ड सीलाई पूर्वकै सुविधासम्पन्न अस्पतालमध्येको एक मानिन्छ । यसबाहेक कञ्चनजंघा, कनकाई, मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पताल, अञ्जली, मेडिका र बिर्तासिटी हस्पिटल सञ्चालित छन् ।
२०५३ सालमा आइकेयर फाउण्डेसन नेदरल्यान्डद्वारा बिर्तामोडमा सञ्चालित मेची आँखा अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । १७५ शैय्या रहेको अस्पतालमा आँखाको शल्यक्रियासमेत हुने अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियार बताउँछन् ।
दमक नगरपालिका
जिल्लाको पश्चिमी सहर दमक शान्त, सम्बृद्ध र सुन्दर छ । झापाका सहरहरुमध्ये दमकको बेग्लै पहिचान छ । यो झापाकै दोस्रो पुरानो नगरपालिका हो ।
दमक जति सफा सहर झापामा अरु भेटिँदैन । यहाँका विकास निर्माणका हरेक गतिविधिमा दमकबासी आफैँ जुट्छन् । बाटाघाटा फराकिला छन् । पूर्वमै प्रख्यात ‘दमक पशुहाट’ प्रत्येक बुधबार अझै लागिरहेकै छ । मेची र कोशी अञ्चलका विभिन्न जिल्लाका पशु चौपाया बेच्न दमकसम्म ल्याइन्छ ।
दमकको उत्तरतर्फ इलामको चुलाचुली गाउँपालिका छ । दक्षिणतर्फ गौरादह नगरपालिका, पश्चिमतर्फ मोरङको मधुमल्ला गाउँपालिका र उर्लाबारी नगरपालिका पर्छ । दमकको पूर्वतर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन् ।
विभिन्न जनजातिको बसोबास रहेको दमकमा बाहुन, क्षेत्री, धिमाल, लिम्बू, राई, मगर, सन्थाल, राजवंशी, कुमाल लगायतको बाहुल्यता पाइन्छ ।
०३९ सालमा तत्कालीन नगर पचायतका नाउँमा स्थापित दमक नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर हो । यस नगरपालिकामा १९ वटा वडाहरु थिए । पुनःसंरचनाअनुसार हाल १० वटा वडा कायम गरिएको छ ।
दमकको पहिचान भनेको भुटानी शरणार्थी पनि हुन् । शरणार्थी शिविरले चिनिएको थियो, दमक । तर, अहिले पहिलेजति शरणार्थी दमकमा छैनन् । कुनै समय दमकमा कामदारको अभाव हुँदैन थियो । शरणार्थी बसिञ्जेल भनेजति कामदार पाइन्थे । तर, शरणार्थी तेस्रो मुलुक पुनर्वास भएसँगै दमकमा चहलपहल घटेको छ । तर, पनि आफ्नो विरासत चाहिँ गुमाएको छैन दमकले ।
दमकमा एउटा खेलमैदान छ । त्यसैलाई रङ्गशालाको रुप दिने ओली सरकारको योजना थियो । तर, एमालेबाहेकका केही दलले मदन भण्डारीका नाममा रङ्गशाला बनाइने कुराको विरोध गरेपछि यो चर्चा बिस्तारै सेलाउँदै गएको छ ।
यहाँ केही महिनाअघि मात्र आकाशे पुल सञ्चालनमा ल्याइएको छ । आकाशे पुल अहिले दमककै आकर्षण बनेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर पनि दमक हो । त्यसैले उनी दमकको विकास निर्माणमा निरन्तर चासो दिइरहन्छन् ।
ओली प्रधानमन्त्री हुँदा दमकमा संसारकै अग्लो बुद्धको मूर्ति बनाउने योजना ल्याएका थिए । योजना पनि बिस्तारै ओझेल पदैर् गएको स्थानीय महसुस गर्छन् । पछिल्लो समय दमकलाई औद्योगिक नगरीको रुपमा विकास गरिँदैछ ।
पूर्व–पश्चिम लोकमार्गको उत्तर र दक्षिणमा विभाजित दमकमा धेरै वर्षअघि धिमाल जातिको बसोवास बाक्लो थियो । उनीहरु नै यो ठाउँका आदिवासी हुन् । हुन त कुमाल, सतार, थारु, कोचे, मेचे, राजवंशी र अन्य जाति पनि थिए, यहाँका बासिन्दा । बिस्तारै बसाइसराइको क्रममा पहाड र आसामतिरबाट मानिस आउने क्रम बढ्यो । र, आजको दमक बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक सहरका रुपमा विकास भएको छ ।
दमक थाना र पशुहाटसम्मको ठाउँमा भास वा दलदल रहेका कारण धिमाल भाषामा दमदमाइलो भन्ने शब्दबाट अपभ्रंश हुँदै दमक हुन गएको जनविश्वास छ । दमक क्याम्पसको स्थापना भएपछि बसाइँ सरेर आउने तथा पढ्न आउने विद्यार्थीको सङ्ख्या बढेको हो ।
व्यवस्थित ढल, खानेपानी, बिजुली, केबल, टेलिभिजन तथा एफएम स्टेशन भएको दमक झापाकै आकर्षण बन्न पुगेको छ । विकास निर्माणसँगै सुविधा सम्पन्न भवन, अस्पताल, अन्य कलेज, टेक्निकल विषय र स्वास्थ्यसम्बन्धी विभिन्न प्रविधिक विषयको पढाइ हुन थालेपछि दमक पूर्वाञ्चलकै हब बनेको छ ।स्थापना हुन लागेको औद्योगिक क्षेत्र, बन्न लागेको विश्वकै अग्लो बुद्धको मूर्ति, बन्न लागेको दृश्यावलोकन टावर हेर्न दमकबासी आतुर छन् । तर, ती भौतिक संरचना निर्माणको ग्यारेन्टी भने छैन ।
मुलुक संघीय संरचनामा गएसँगै दमक एउटा प्रशासनिक इकाइका रुपमा खडा हुने सम्भावना पनि त्यतिकै छ । साविकको प्रशासनिक संरचनामा पनि दमकमा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालयबाट नागरिकलाई सेवा दिइँदै आएको थियो । त्यसलाई मात्रै निरन्तरता दिन सके पनि दमकमा प्रशासनिक इकाई स्थापित हुनुपनेर् स्थानीयको माग अहिले पनि दह्रो छ ।अर्जुनधारा नगरपालिका
महाभारतकालीन ऐतिहासिक पृष्ठभूमिमा उदाएको अर्जुनधारा नामाकरणले यो नगरको पहिचानलाई झल्काएको छ । खासगरी इलामको दक्षिणी भूमिसँग जोडिएर मात्र नभएर खोलानाला, बन जंगल पर्याप्त भएका कारण पनि यो नगर सम्बृद्ध छ ।
साविक शनिश्चरे, अर्जुनधारा र खुदुनाबारी मिलेर बनेको यो नगरले एउट छुट्टै खाले पहिचान बोकेको छ ।
इतिहासमा यो नगरले पूर्वी नेपालको व्यापारिक केन्द्रको पहिचान झल्काएको थियो । आज त्यो पहिचान गुम्दै गए पनि नगरपालिका बनेपछि त्यो गुमेको साख फर्कनेमा नगरबासी विश्वस्त छन् ।
कुनै समय यस्तो थियो कि शनिश्चरे भन्ने बित्तिकै देशैभरका मान्छे डराउँथे । यो बजार पूर्वाञ्चलमै प्रख्यात थियो । शुक्रबारदेखि आइतबारसम्म बजार लाग्थ्यो । धानमिलदेखि सुर्तीको कारण यो चर्चित थियो । एकसमय यो बजार फुटबल खेलमा अगाडि थियो । डाइनामाइट क्लब जसले विदेशमा समेत पुगेर खेल जित्ने गर्दथ्यो ।
अर्जुनधारा मन्दिरले यसको पहिचानलाई जोगाएको छ, आज । यसलाई धार्मिक पर्यटनको थलो बनाउन सके यस नगरकले थप सम्बृद्धि प्राप्त गनेर् कुरामा दुइमत छैन ।
भद्रपुर नगरपालिका
नेपालकै पुरानो नगरपालिका मध्येको एक हो, भद्रपुर । यो झापाको सदरमुकाम भए पनि अन्य सहरजस्तो विकसित छैन ।
हुनत भद्रपुरमा सबै सरकारी कार्यालय छन् ।
जिल्लाकै एकमात्र विमानस्थल पनि यहीँ छ । भद्रपुरमै छ, मेची अञ्चल अस्पताल पनि । तर, केही नपुगेको उजाड सहरझैँ देखिन्छ, भद्रपुर । पूर्व–पश्चिम राजमार्ग भद्रपुरबाट करिब १७ किलोमिटर उत्तरबाट चालु भएपछि भद्रपुरको पुरानो शाख खस्केको हो ।
२००८ सालमा यो नगरपालिका स्थापना भएको हो । त्यसअघि ००८ सालमै भद्रपुर भन्सार स्थापना भएको थियो । उक्त भन्सार अहिले भद्रपुर छोटी भन्सारका रुपमा परिचित छ । त्यसताका विराटनगरपछिको ठूलो सहर थियो, भद्रपुर । भारतबाट सामान भित्रिने तथा पूर्वका सामान विदेश निर्यात गनेर् मुख्य नाका भद्रपुर भन्सार नै थियो ।
भद्रपुर भन्सारले त्यसबेलै १०औँ लाख राजश्व सङ्कलन गथ्योर् । ‘तर, विस्तारै त्यो राजश्व ५० हजार, ४० हजार हुँदै २० हजारमा पनि झ¥यो,’ स्थानीय भन्छन्, ‘त्यसपछि भद्रपुर बजार सुक्न थालेको हो, फेरि कहिल्यै उक्सिन सकेको छैन ।’ ०२९ सालमा काँकरभिट्टामा मेची मुल बनेपछि भद्रपुरको आर्थिक गिरावट सुरु भएको हो ।
त्यसबेला झापाको एक मात्र नाका यहीँ थियो । भारत, बङ्गलादेश, पाकिस्तानसम्म यहाँबाट सामान निर्यात गरिन्थ्यो । भारतसम्म सामान लैजानका लागि भद्रपुरमा मेची पुल नबन्नु नै आर्थिक गिरावटको प्रमुख कारण बन्न पुग्यो । २००७ सालतिर भद्रपुर सम्बृद्ध र विकसित मानिन्थ्यो । तर, ००७ सालमा भद्रपुरमा बनेका १२ फिटे बाटाघाटा अझै फराकिला बनेका छैनन् ।
झापामा भद्रपुरदेखि राजगढसम्म २० किलोमिटर त ग्राभेलिङ नै भइसक्यो । हुलाकी सडक बनेपछि भद्रपुर उन्नतिशील बन्ने स्थानीयको आश छ ।
यता नेपालकै होचो स्थान केचनादेखि पूर्वी पहाडी जिल्ला ताप्लेजुङसम्म पुग्ने मेची राजमार्गको अवस्था उस्तै छ । मेची राजमार्गअन्तर्गत केचनाबाट भद्रपुर हुँदै चारआलीसम्मको सडकखण्डमा खाल्डैखाल्डा छन् । यो राजमार्ग पनि अनौपचारिक रुपमा ५ पटक शिलान्यास गरियो । पछिल्लो पटक ०७३ असोज १८ गते भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले शिलान्यास गरेपछि काम धमाधम भइरहेको छ ।
यहाँबाट निर्वाचित सांसद्हरुले भद्रपुरको विकासमा केही गर्न नसकेको भद्रपुरबासी बताउँछन् । वहुदलपछि एमालेका द्रोणाचार्य क्षेत्री यहाँबाट सांसद् बने । त्यसपछि काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाले यहाँबाट चुनाब जितेका हुन् । त्यसपछि एमालेका पुष्पराज पोखरेल सांसद् बने ।
पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीले कृष्ण सिटौलालाई पराजित गरे । दोस्रो संविधानसभाको चुनावमा जितेका सिटौला अहिले सांसद् छन् । तर, सुरुवातदेखि नै कसैले केही गर्न नसकेको स्थानीय बताउँछन् । द्रोणाचार्यले संसद्मा मेची पुल रहुलाकी राजमार्गको पहल गरे । तर, उनको पार्टी एमाले सरकारमा पुगे पनि केही हुन सकेन । विकासको मुहार देख्न नपाइ उनी बिते । त्यसपछिका सांसद्ले शुन्य काम गरेको अर्का स्थानीय बताउँछन् ।
अहिले मेची पुल निर्माण सुरु भएपछि भने गतिविधि थोरै बढेको छ । भन्सारले महिनामा ३ करोड रुपैयाँसम्म राजश्य सङ्कलन गर्न थालेको छ । भद्रपुरको मेची पुलकै कहानी लामो छ । यो पुलको चर्चा सुरु भएको वषांैर् भयो । त्यसबेलाका चल्तीका व्यापारी मोहन अग्रवालले भद्रपुरबाट भारत पुग्न सहज होस् भनेर मेची खोलामा पुल हाल्न जोड गरे । तर, उनको केही लागेन ।
हाल दिवङ्गत भइसकेका अग्रवालले मेची पुल जसरी पनि बनाउनै पर्छ भनेर राज्यलाई साङ्केतिक दवाव दिए । उनकै पहलमा त्यसबेला मेची नदीमा बाँसको पुल बनाइएको थियो ।
०३२ सालमा अग्रवालले मेची पुल बनाउनकै लागि जनस्तरबाट पैसा सङ्कलन अभियान चलाए । अरु रकम थपेर पुल बनाइदिनुप¥यो भन्दै उनले त्यसबेला सङ्कलित ३२ लाख रुपैयाँ राजा वीरेन्द्रलाई टक्र्याएको जानकारहरु बताउँछन् । तर, विरेन्द्रबाट मेची पुल बनाउने योजना आएन । पुल बनेको देख्न नपाइ अग्रवालको प्राण गयो ।
अग्रवालले बुझाएको त्यो पैसा विरेन्द्रले पोखरी खन्नमा खर्च गरेको स्थानीय बताउँछन् । त्यसबेला झापाको केचनामा ७ वटा पोखरी खनिएको थियो । ती पोखरी अझै छन् । त्यसपछि पनि मेची पुल निर्माणको चर्चा भने सेलाएन । पछिल्ला वर्षहरुमा मेची पुल ९ पटक शिलान्यास भइसकेको छ । तर, निर्माण सम्पन्न हुन सकेको छैन ।
पञ्चालयत कालमा अञ्चल प्रशासक छिरिङ तेञ्जिङ लामाले नै मेची पुल २ पटक शिलान्यास गरेको बताइन्छ । पछि विजय गच्छदार मन्त्री भएका बखत ०६६ सालमा पुलको शिलान्यास गरे । पुलको शिलान्यास गदैर् उनले सार्वजनिक रुपमा भनेका थिए, ‘यो पुल अबको ३ वर्षभित्र बन्न सकेन भने म राजनीति नै गर्दिनँ, राजनीतिबाट शन्यास लिनेछु ।’ तर, ८ वर्ष बितिसक्दा न त्यो पुल निर्माण सकियो, न त गच्छदारले शन्यास नै लिए ।
गत वर्ष गच्छदारलाई मेची पुलको याद आएछ । उनी हतारिँदै आए । र, पुलको अवलोकन गरे । अहिले पुलको निर्माण कार्यले गति लिएको छ । धरानको निर्माण कम्पनी सूर्य अनक जेभी कन्सट्रक्सनले निर्माणकार्य ९० प्रतिशत सकेको बताएको छ । तर, भद्रपुरबासीका नजरमा यो पुल ७० प्रतिशत मात्र पूरा भएको छ ।
सरकारी कार्यालयहरु स्थापना भएसँगै भद्रपुरले विकासको गति लिन थालेको थियो । तर, अहिले सुनसानजस्तै छ भद्रपुर । प्रशासनिक कामका लागि मात्रै सर्वसाधारण भद्रपुर पुग्छन् । व्यापारिक हिसावले भद्रपुरलाई उछिनेका अरु धेरै सहर छन् ।
शिक्षाका लागि पनि भद्रपुरसम्म पुगिरहनुपनेर् बाध्यता हट्यो । गाउँ–गाउँमा उच्च मावि छन् । स्वास्थ्यका लागि दमक, बिर्तामोडमै सुविधासम्पन्न हस्पिटल बनेपछि भद्रपुर उपेक्षामा परेको हो ।
भद्रपुर कुनै बेलाको उद्योगिक सहर थियो । नेपालमै कहलिएको मख्खन चामलको उद्योग भद्रपुरमै थियो । अहिले त्यो धाइजनमा सरेको छ । त्यस्तै कहलिएको गामेर्न्ट उद्योग भद्रपुरमा अधमौरो भएर बसेको छ । गामेर्न्टबाट उत्पादित कपडाहरु उसबेला युरोप, अमेरिकासम्म निर्यात गरिन्थ्यो । चण्डिराज ढकालले सञ्चालन गरेको गामेर्न्टमा हजारौँले रोजगारी पाएका थिए । उनीहरुको रोजगारी पनि डुब्यो, गामेर्न्ट उद्योग पनि बन्द भयो ।
हिजोको गामेर्न्ट उद्योग रहेको भौतिक संरचनाहरु अहिले भत्कन थालेका छन् । अबौर्ंको सम्पत्ति खण्डहरमा परिणत भएको छ ।
भद्रपुरमा पहिले १५ वटा धान मिलहरु थिए । तेल मिल पनि यहाँ राम्रै चलेका थिए । अहिले एउटा मात्र छ, धान मिल । तेल मिल त छँदै छैन ।
कुनै समय धानको ठूलो व्यापार र चामल निर्यात गनेर् सहरका रुपमा भद्रपुर चिनिन्थ्यो । अहिले न त्यहाँ त्यस्तो चहलपहल छ, न कुनै ठूलो उद्योग, कलकारखाना नै छ । जसले भद्रपुर पुरानो तर, वर्तमानमा निरीह सहरमा परिणत भएको छ ।
गौरादह नगरपालिका
भर्खरै घोषित गौरादह नगरपालिका पर्याप्त सम्भावना बोकेर उदाएको छ ।
विगतमा एउटा पछि परेको गाउँको रुपमा उदाए पनि अहिले नगरपालिका भएपछि नयाँ नयाँ सम्भावना बोकेर यो अगाडि आएको छ । त्यहाँ भर्खरैदेखि उद्योगधन्दा खुल्न थालेका छन् ।
पछिल्लो पटक खुलेको कनकाई ग्यासले यो नगरलाई चिनाएको छ । झापाको दक्षिणी सीमामा पनेर् गौरीगञ्ज बजारलाई छोएर जाने नेपालको बहुप्रतिक्षित आयोजना हुलाकी बाटोलाई उपयोगमा ल्याउन सके यस नगरले थप प्रगति गनेर् देखिन्छ ।
सीताराम ताजपुरियाले गाएको गौरदहको बजारैमा मायाँ हाम्रो बस्यो… बोलको गीतले यस नगरलाई संसारभर चिनाए पनि अब हुने स्थानीय निकायको निर्वाचनबाट आउने प्रतिनिधिले यस नगरको विकास र समृद्धिको ढोका कसरी खोल्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।
यद्यपि धेरै जसो खाली जमिन भएका कारण त्यसको सही सदुपयोग गर्न सकेमा नगरले फड्को मानेर् मात्र होइन, नयाँ स्वरुप पनि धारण गनेर् थियो ।
कनकाई नगरपालिका
यो नगर पनि एउटा पर्याप्त सम्भावना बोकेर अगाडि आएको छ । खासगरी झापाको मध्य भागमा रहेका कारणले गर्दा यहाँको सुगमता सुन्दर बनेको छ । संसारभर नै प्रख्यात बनेको कनकाई धामले यस नगरलाई थप प्रसिद्धितिर लैजाने कुरामा दुइमत हुँदैन । बरु यसको प्रबद्र्धन र विकासका लागि थप योजना बनाउन आवश्यक छ ।
कनकाई र बिरिङ नदीले घेरिएको नगर भएका कारण ती नदीको बहुउपयोगमा ध्यान दिँदै सिँचाइ जस्ता कुरामा विशेष लाग्न सकेमा खेतीपातीमा उन्नति गनेर् आधार छन्, यहाँ ।
खाली जमिनको सदुपयोग यस नगरका लागि महत्वपूर्ण सावित हुनसक्छ । त्योभन्दा पनि राजमार्गसँगको पहुँचको कारण कनकाई नगरलाई विशेष बिजनेस हवको रुपमा विकास गर्ने सम्भावना पर्याप्त छ ।
सिटी सेन्टरदेखि सुपरमार्केटहरुको स्थापना गर्न सके झापा बाहिरका मानिसहरुका लागि पनि यो नगर आकर्षणको केन्द्र बन्छ । अबको संरचनाले सहरबजारको बसोबासलाई प्लानिङ गरेर सम्बृद्ध नगरको परिकल्पना गर्नु उचित हुनेछ ।
विगतको सुरुङ्गाको पहिचान बन्दमुक्त नगरलाई स्थापित गर्दै व्यावसायिक उन्नति र प्रगतिको थलोको रुपमा अघि बढाउन सकिन्छ ।
शिवसताक्षी नगरपालिका
नगरको संरचनाभन्दा पनि ग्रामीण परिवेश र खेतीपातीमा आधारित जनजीवन भएको शिवसताक्षी नगरपालिकाले वर्तमानभन्दा पनि भविष्यलाई सुन्दर बनाउने परिकल्पना गरेको छ ।
मूलतः झिलझिले, शिवगञ्ज, दूधे जस्ता स–साना बजारहरुको संयोग नै शिवसताक्षी नगरपालिका हो भन्दा फरक पर्दैन । यद्यपि, यहाँ रहेको सताक्षीधाम ऐतिहासिक पर्यटकीय स्थल, चिल्लागढ जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन र विकासले यस नगरलाई समुन्नत बनाउन सक्छ ।
खासगरी, प्रसिद्ध कनकाई माईको पश्चित तट दोमुखा र माईधार (गैँडे), जसले पर्यटनको सम्भावना मात्र बोको छैन, सुन्दरताको अनुपम उदाहरण पनि बनेको छ । त्योभन्दा पनि यसको सुन्दर पक्ष कनकाई सिँचाइ आयोजना हो ।जसले यस नगरको आधाभन्दा बढी जनसंख्यालाई सिँचाइ उपलब्ध गराएको छ ।
नगरको दक्षिणी भूभाग शिवगञ्ज, महाभारा, बैगुन्धुराका हजारौँ बिघा जमिन सिञ्चित भएका छन् । नगरले यस परियोजनालाई दिगो राख्दै कृषिमा आधुनिक प्रणाली अवलम्बन गर्न सके खेतीका आधारमा नगरले सम्बृद्धि कमाउने देखिन्छ ।
नगरले ध्यान दिनु पर्ने विषयभित्र खासगरी कनकाई जलविद्युत् आयोजना हो । यो सरकारको नीतिभित्र परे पनि अहिले कार्यान्वयनमा आएको छैन । यस आयोजनालाई निरन्तरता दिनका लागि नगरले थप कार्यक्रम तय गर्न जरुरी छ । यस सँगसँगै झिलझिले बजारको स्तरोन्नतिदेखि बाटाघाटाको निर्माण नगरको चुनौती हो ।
यहाँका खाली जमिनको सदुपयोग पनि चुनौतीको विषय हो । यद्यपि, नगरबासीमा सामुहिकताको भावना विकसित गराएर नगरले प्रचुर फाइदा उठाउन सक्ने कुरामा दुइमत छैन ।