Aamsanchar

विराटनगरमा बिहे घरमा नाच्दा नाच्दै करेन्ट लागेर १७ वर्षीय किशोरको मृ*त्यु

Author Image
शनिवार, असार १४, २०८२

विराटनगर – विराटनगरमा बिहे घरमा करेन्ट लागेर शनिबार राति एक किशोरको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा बिहानका राति १:३० बजेतिर अमितलाई करेन्ट लागेको थियो ।

नाच्दा नाच्दै अचानक डिजेको तारमा लडेका उनलाई त्यहीँ करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका अमितलाई बिहे घरमा भेला भएकाहरुले उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

 

प्रहरीका अनुसार अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विस्तृतमा अनुसन्धान गरिरहेको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर