Aamsanchar

तारकेश्वरकाे एक होटलमा पुरुषको शव फेला

Author Image
आइतवार, असार १५, २०८२

काठमाडौं – तारकेश्वर नगरपालिका–११ मनमैजुकाे एक होटलमा पुरुषको शव भेटिएको छ ।

मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको हो । होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर