झापा।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ३१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासंघ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी तथा सह सचिव केशव भट्टराईलाई सहयोग रकम आज प्रदान गर्नुभयो । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिइएको छ ।
कोषका लागि विभिन्न दाताहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको र हालसम्म २५ लाख भन्दा बढी रुपैयाँ संकलन भइसकेको कोषका संयोजक गिरीले बताउनुभयो ।
Views: 134

