Aamsanchar

अर्जुनधारामा सामूहिक कुटपिटबाट एक महिलाको मृत्यु, ६ जना नियन्त्रणमा

Author Image
बुधवार, असार २५, २०८२

प्रतिकात्मक तस्वीर । गुगलबाट

बिर्तामोड। झापाको अर्जुनधारामा एक महिलाको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्प नजिक डेरा गरी बस्ने २२ वर्षीया गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार गंगालाई गएराति अर्जुनधारा–८ मै बस्दै आएकी भोजपुर घर भएकी सुस्मिता भुसालले अन्य पाँच जना महिलासहित मिलेर कुटपिट गरेकी थिइन्। कुटपिटमा सुस्मितासँगै संलग्न हुनेहरूमा मैया श्रेष्ठ, बबिता बिक, मेनुका पाँचकोटे, नर्बदा सुन्दास र सुस्मिताका श्रीमान रमेश भुसाल रहेका छन्।

घाइते गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो। तर, उपचारकै क्रममा आज बिहान १ः२० बजे उनको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सुस्मिता भुसाल, उनका श्रीमान रमेश भुसालसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार सुस्मिता भुसालले आफ्ना श्रीमान रमेश गंगा राईको कोठामा गएको विषयमा रिस उठाई साथीहरू भेला गरेर कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Views: 274

प्रतिक्रिया (०)