Aamsanchar

भिजिट भिसामा कुवेत जान लागेको समूह दिल्लीमै रोकियो, ४७ नेपाली महिला मानव तस्करीको जोखिममा

Author Image
शुक्रवार, साउन ९, २०८२

काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतको नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएपछि रातारात नेपाल फर्काइएका छन्। नेपाली दूतावास, दिल्लीको समन्वयमा उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइएको हो।

दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको टोलीले सुनौली नाकाबाट ती महिलालाई नेपाल भित्र्याएर जिल्ला प्रशासन कार्यालय रूपन्देहीको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। अहिले ती महिलालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ।

गृहमन्त्री रमेश लेखकले घटनालाई गम्भीर रुपमा लिँदै मानव बेचबिखनको आशंकामा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार, मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन भनिएको छ।

वैदेशिक रोजगारीको नाममा हुने अवैध गतिविधिका विरुद्ध सरकार चनाखो बनेको संकेत गृहमन्त्री लेखकको निर्देशनबाट प्रस्ट देखिएको छ। भिजिट भिसाको आडमा महिलालाई खाडी मुलुक पठाउने प्रवृत्तिले फेरि मानव तस्करीको गन्ध फैलिएको छ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर