

विराटनगर। कोशी प्रदेशका तीन प्रमुख जिल्ला — मोरङ, सुनसरी र झापा — मा विद्युत ट्रान्सफर्मर चोरीका घटनाहरूले सतहमै जनगुनासो ल्याएको छ । सन् २०८१ माघ १५ गतेदेखि सुरु भएका चोरीका घटनाहरू हालसम्म २२ स्थानमा दोहोरिएका छन्, जसमा मोरङमा ८, सुनसरीमा १२ र झापामा २ स्थान समावेश छन्।

विशेषगरी सुख्खा याम र सिंचाइको उच्च मागका बेला ट्रान्सफर्मर चोरी भएपछि रोपाईं गर्न नसकेर किसानहरू प्रत्यक्षरूपमा प्रभावित भएका छन्।

प्रहरीको सक्रिय अनुसन्धान र संलग्न समूहको गिरफ्तारी
मोरङको रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा चोरीको प्रयास गरिरहेको अवस्थामा प्रहरीको टोलीले एक जनालाई पोलमाथि रहेको बेला नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रादेशिक अपराध अनुसन्धान समूह विराटनगरको नेतृत्वमा ३५ जना सादा पोशाकधारी प्रहरी परिचालित गरी छानबिन अघि बढाइएको हो।

यस क्रममा प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न रहेका ७ जना प्रत्यक्ष अभियुक्त र ५ जना चोरीका सामान किन्ने व्यापारीहरूलाई पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्तहरूको विवरण
चोरीमा संलग्नः
१. अर्जुन कुमार माझी (मोरङ)
२. इरज धामी (मोरङ)
३. अनुज विश्वास (सुनसरी)
४. अर्जुन चौधरी (मोरङ)
५. आलम मियाँ (भारत, हाल सुनसरी)
६. रञ्जित तामाङ (मोरङ)
७. प्रयाग कुमार खाँ (सुनसरी)
चोरीका सामान किन्नेहरूः
१. लक्ष्य प्रधान (मोरङ)
२. कृष्ण गोपाल ताम्राकार (मोरङ)
३. योगेश अग्रवाल (सुनसरी)
४. कपिल भट्ट (सुनसरी)
५. सिताराम राई (सुनसरी)
बरामद सामानहरू
औजारहरूः
– २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, पेचकस, छिनो, ग्राइन्डर सेट, ह्याक्सो, झम्पल लगायतका उपकरणहरू बरामद।
सवारीसाधनहरूः
– ५ वटा मोटरसाइकल र १ वटा पिकअप गाडी प्रयोग गरिएको पुष्टि।
मोबाइलः
– १२ थान मोबाइल सेट बरामद।
तामाको तारः
– विभिन्न स्थानबाट कुल ३६८.५ किलो तामाको तार बरामद गरिएको छ, जसको अनुमानित मूल्य लाखौंमा पुग्ने देखिन्छ।
ट्रान्सफर्मर क्षतिः
– चोरीका घटनाबाट अनुमानित २ करोड रुपैयाँ बराबरको ट्रान्सफर्मर क्षति भएको प्रहरीको प्रारम्भिक मूल्याङ्कन।
विद्युतको अत्यावश्यक पूर्वाधारमाथि भएको यो संगठित अपराधले सिंचाइ प्रणाली, उद्योग, र घरायसी आपूर्ति सबैमा असर पु¥याएको छ। प्रहरी अनुसन्धान जारी रहेको छ भने संलग्नहरूमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको छ।

