

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छिन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी गरिन्।

आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गरिन् । उनले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताइन्। उनले राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने उल्लेख गरिन्। नवपुस्ताहरूको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने बताइन्।
Views: 74

