Aamsanchar

एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो :नेता नेम्वाङ

Author Image
बिहिवार, असार ८, २०७४

इलाम।

नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ ।

उहाँले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए भन्नुभयो ।

सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भएको उहाँले बताउनुभयो । भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतले नाकाबन्दी लगाउँदासमेत एमालेको सरकारले सामना ग¥यो, एमाले भारतसँग कहिल्यै झुकेन भन्नुभयो ।

राजपाको बहाना बनाएर निर्वाचन पछि धकेलेको उहाँले बताउनुभयो । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उहाँले जनता एमालेकै पक्षमा रहेको जिकिर गर्नुभयो । एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको उहाँले बताउनुभयो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको उहाँले उल्लेख गर्नुभयो । सोही कार्यक्रममा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका सयजना भन्दा बढीलाई पार्टीमा स्वागतसमेत गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर