Aamsanchar

श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलासा

Author Image
मङ्गलवार, भदौ १७, २०८२

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलेको छ ।

हत्यामा संलग्न ३६ वर्षीय श्रीमान् किरण गुरुङ पक्राउ परेका छन् । उनले ३४ वर्षीया सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी)चक्रबहादुर मल्लले बताउनुभयो ।

श्रीमतीको हत्या गरेपछि किरणले ९ वर्षीया छोरीलाई कसैलाई नभन्न लगाएको समेत खुलेको छ । हत्या भएको ६ दिनपछि शव भेटिएको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ्ग स्थायी घर भएका किरण विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए ।

माइती पक्षले बल्कोट प्रहरी चौकीमा सुमित्राको खोजीका लागि खबर गरेका थिए । झगडापछि गएको ११ गते राति श्रीमतीको हत्या गरेको किरणले स्वीकार गरेका प्रहरीको भनाइ छ ।

Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर