Aamsanchar

काठमाडौंबाट चार करोड रकम बरामद

Author Image
मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं- काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेर ठूलो मात्रामा रकम बरामद गरेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेर रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेकाले रकम ठ्याक्कै कति छ भन्ने यकिन भएको छैन ।

यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरीले आज अपरेसन चलाएको हो ।

सो क्रममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर