Aamsanchar

खग्रास चन्द्रग्रहण आज लाग्ने

Author Image
आइतवार, भदौ २२, २०८२

काठमाडौं – नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ ।

ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ : ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ : ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए ।

०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।

शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ : ११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२