Aamsanchar

प्रहरीले अवरोध गरेभन्दै राजपाद्धारा विरोध

Author Image
शनिवार, असार १०, २०७४

विर्तामोड,


आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्याकतालाई झापाको विर्ताबजार घरमा नै सवा घण्टा नियन्त्रणमा राखेको भन्दै राजपा झापाले विरोध जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग अनुमति लिएर शुक्रबार विरोध प्रर्दशन गर्ने तयारी गरिरहेको बेला रापापाका अध्यक्ष मण्डलका सदस्य अनुतसिंह राजवंशीको विर्ताबजार स्थित आफ्नै निवासमा प्रहरीले सवा घण्टा नियन्त्रणमा राखेर जुलुसमा प्रयोग गर्न तयार पारिएको लाठ्ठी तथा कालो झण्डाहरु प्रहरीले नियन्त्रणमा लिएर लगेको राजपा झापा अध्यक्ष सुर्यनारायण गणेशले बताए ।

विर्तामोडमा शनिबार पत्रकार सम्मेलन गरेर राजपाले प्रशानले अनुमति दिने तथा कार्यक्रम सुरु हुन पूर्व फेरी माथिको आदेश भन्दै धरपकट गर्ने काम गरेकाले प्रहरीले लोकतन्त्रको उपहास गरेको भन्दै राजपाले विरोध जनाएको छ ।

आफुहरु चुनाव विरोधी नभएको तर संविधानमा आफुहरुले राखेका माग सम्बोधन गरिनु पर्ने राजपा झापाले माग गरेको छ । आफुहरुले चुनाव बिथोल्ने कुनै कार्यक्रम नगर्ने भन्दै बन्दको अह्वान गरे पनि आफुहरुले बन्द गर्ने पर्छ भनेर जवरजस्ती भने नगर्ने अध्यक्ष मण्डलका सदस्य देवेन्द्र किशोर ढुङ्गानाले बताए ।

निर्वाचनमा आफुहरु सहभागि नहुने र झापामा केन्द्रिय कार्यक्रम अनुसार नै संकेतिक विरोध गरेको राजपाका नेताहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर