Aamsanchar

देशभरका चलचित्र हल आजदेखि खुले

Author Image
सोमवार, भदौ ३०, २०८२

काठमाडौं – जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र हल आजदेखि खुलेका छन्।

चलचित्र हल सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको हिजो बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए।

अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए।

चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन्। दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर