

जनकपुरधाम- पार्किङ् शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन्। विमनस्थलको सवारी पार्किङ् तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन्।

उनले हालै यात्रुलाई दुर्व्यवहार गरको भिडियो समाजिक सञ्जालमा भाइरहल भइरहेको छ। जसमा विमानस्थलबाट मोटरसाइकलमा चढेर बाहिर जानलागेका दुई जनालाई रोकेर पार्किङ शुल्क तिर्न भन्छन्। तर मोटरसाइकल चालकले ‘पार्किङ् नै गरेको छैन, अनि के-को शुल्क तिर्नु’जवाफ दिएपछि गुण्डागर्दी शैलीमा ठेकेदार साहले बीचमा भएका सामान खसाली दिन्छ्न्। उनको यस्तो घटना पहिलो होइन। बेलाबेला यात्रु तथा पर्यटकसँग छुद्र व्यवहार गर्ने गरेको व्यापक जनगुनासो छ । कयौं पटक प्रहरी प्रशासनमा पुगेर छलफल र गर्ने र सामसमु पार्ने काम भएको छ।
यसकारण यात्रु र पर्यटकसँग ठेकेदार साहको स्वभाव र व्यवहारमा अहिलेसम्म परिवर्तन भएको छैन। पछिल्लो भिडियोपछि उनीमाथि झन् मानिसहरू आक्रोशित भएका छन् । र उनलाई कारबाही गरी ठेक्का तोडेर निकाल्न माग गरिरहेका छन् ।

जनकपुर विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले यात्रुसँग गरेको दुर्व्यवहारको कारण ठेकेदार साहलाई कारबाही गर्ने दबाब बढेको बताए । ‘घटनापछि उनलाई कारबाही गर्नुपर्ने दबाब बढेको छ। या त उनले व्यवहार सुधार गर्नुपर्छ कि त ठेक्का तोड्छौं।’ विमानस्थल प्रमुख बुढथापाले भने । अचम्मत के छ भने ठेकेदार साहले मात्र डेढदशकभन्दा बढी समयदेखि जनकपुर विमानस्थलको क्यान्टिन, पार्किङ्को ठेक्का पाउने गरेका छन् । र मनपरी पार्किङ् शुल्क अशुल्ने, यात्रु र पर्यटकसँग रुखो शैलीमा प्रस्तुत हुने उनको प्रवृति बनेको छ।
उनीबाहेकका ठेकेदारले प्रस्ताव नहाल्दा उनैले ठेक्का पाउने गरेको विमनास्थल प्रमुख बुढथापाको तर्क छ।


