Aamsanchar

बैजनाथ खोलाले बगाएर एक जनाको मृत्यु

Author Image
सोमवार, असोज ६, २०८२

उदयपुर – उदयपुरको बैजनाथ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। नेपालटार बजारबाट घरतर्फ जाँदै गर्दा बैजनाथ खोलामा आएको बाढीले बगाउँदा उदयपुरगढी गाउँपालिका–६ धपरका ४० वर्षीय तोपबहादुर सार्कीको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन  अनुसार सार्की झन्डै पाँच सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर