Aamsanchar

ट्रकले मोटरसाइकललाई ठक्करबाट दिँदा २२ वर्षीय ऋतिक शाहीकाे मृत्यु

Author Image
सोमवार, असोज ६, २०८२

सुर्खेत – सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

सोमबार (असोज ६) दिउँसो भेरीगंगा नगरपालिका–१२, पाडुलेमा ना५ख ५६०८ नम्बरको ट्रकले लु.प्र.०३००१ प.३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–२ का करिब २२ वर्षीय ऋतिक शाही गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाही घाइते छन् । छिन्चुस्थित माया मेडिकलमा उनको उपचार भइरहेको छ । उक्त ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर