Aamsanchar

घोराही मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ – गत भदौ २४ गतेको प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको घोराही मालपोत कार्यालयमा घोराही सिमेन्ट उद्योग लिमिटेडले सरसफाइ र रङरोगन गरेको छ। उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित बनाएको हो।

सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यो प्रयासले कार्यालयको वातावरण सुधार गर्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास उद्योगले व्यक्त गरेको छ। उसले यसलाई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा समेत लिएको छ।

यससँगै उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर