Aamsanchar

सर्पले टाउकामा डस्दा घरमा सुतेका बालककाे मृत्यु

Author Image
मङ्गलवार, असोज १४, २०८२

प्रतिकात्मक तस्बिर

कञ्चनपुर – कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

 

आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।

 

गए राति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर