धनगढी,

धनगढीमा आफैले बोकेको बम पड्किएर चन्द बहादुर सिंहको ज्यान गएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धनगढी, १२ जुगेडाका सिंहको सोमबार बेलुकी एक होटल नजिकै पुगेका बेला आफैले बोकेको बम पड्किएर ज्यान गएको हो । बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
होटल नजिकै खानेपानी डिभिजनको कार्यालय भएकाले त्यहाँ विस्फोट गराउन लागिएको प्रहरीको अनुमान छ ।

Views: 145

