पोखरा ।

गए राति भीषण वर्षासँगै सेती नदीमा आएको बाढीले एउटा ट्र्याक्टर बगाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–३३, सेती नदीको किनार बडीघाटमा राखिएको ग १ त २२०८ नं को ट्र्याक्टर बगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
ट्र्याक्टर अभैmसम्म फेला नपरेको ट्र्याक्टर धनी नारायणप्रसाद तिवारीले बताउनुभयो ।

Views: 139

