झापा

झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।

दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिका तर्फ गएका बेला हृदयघात भएपछि उनको तत्कालै मृत्य’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरि शर्माले जानकारी दिए ।

Views: 140

