Aamsanchar

बढ्यो सुनकाे भाउ

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। मंगलबार सुन ४ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ९०० रुपैयाँ बढेर प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार ४०० कायम भएको छ।

अघिल्लो दिन सोमबार २९ सयले बढेर एक तोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य वृद्धि भएसँगै चाँदी पनि महंगिएको छ। आज प्रतितोला चाँदी ३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर