Aamsanchar

बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ, बिर्तामोड र दमक प्रहरीको हिरासतबाट भागेका ८५ जना अझै फरार

Author Image
बिहिवार, कार्तिक २८, २०८२

झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवा आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड–८ का ३३ वर्षीय सरोज पौडेल र सोही स्थानका २५ वर्षीय पंकजराज मैनाली रहेका छन् । दुवै जना लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धानका क्रममा भदौ २४ गतेको जेनजी आन्दोलनको बेला इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका थिए ।

आज बिहान करिब ८ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमक प्रहरीको हिरासतबाट ९२ जना थुनुवा फरार भएका थिए । तीमध्ये हालसम्म सात जना मात्रै पक्राउ परेका छन् भने बाँकी ८५ जना अझै फरार रहेका छन् ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर