कनकाई ८ मा पनि एमालेकै जित

झापाको कनकाई नगरपालिका वडा नं. ८ मा एमालेको प्यानलनै विजयी भएको छ । १६६६ मत खसेको ८ नं. वडामा नेकपा एमालेको तर्फवाट उमेदवारी दिएका प्रेमबहादुर कटुलाले ७७५ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी बनेका छन । त्यसैगरी महिला सदस्य पदमा शुनिता खरेल (सिग्देल), दलित महिला सदस्यमा निरा बराईली, खुल्ला सदस्यमा इन्द्रबहादुर राई र सूर्यमान भारतीले विजयी हाशिल गरेका छन ।


कटुवालका निकटतम प्रतिद्वदी नेपाली काग्रेस तर्फका अध्यक्ष पदका उमेद्वार दुर्गाप्रसाद पराजुलीले ६९९ मत प्राप्त गरेका थिए ।
पराजली पुराना काग्रेसका कार्यकर्ता र स्थानिय सामाजिक अभियन्ताको रुपमा परिचित व्यक्ति हुन भने कटुवाल पनि एमालेका पुराना सक्रिय कार्यकता र युवा वर्गमा लोकप्रिय व्यक्तिका रुपमा चिनिएका व्यक्ति हुन ।
राजनिती तर्फवाट नेतृत्वमा पहिलो पाईला चालेका कटुवालले जित्नुमा उनको पारिवारिक मत नै निर्णायक बनेको भनेर अड्कलबाजी गरिएको छ । ८ नं वडामा कटुवाल परिवारको ८६ मत गरेको बताईएको छ । पराजुलीलाई ७६ मतले मात्र प्रेमले जित्नुमा कटुवाल परिवारको मत नै निर्णायक बनेको मान्ने पक्को आधार बनेको छ ।


सब्द तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

