Aamsanchar

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश

Author Image
शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं : नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेका छन्। शुक्रबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरूले पोखरेललाई रास्वपामा प्रवेश गराएका हुन्।

 

रास्वपाले पोखरेललाई केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ। रास्वपा प्रवेश गरेपछि पोखरेलले मुलुकको विकास र समृद्धि गर्ने भरोसाको पार्टी रास्वपामात्रै भएको बताए।

मुलुकको परिवर्तनका लागि इमान्दार व्यक्ति जोडिएको पार्टी रास्वपा नै भएकाले आफू पार्टी प्रवेश गरेको उनले बताए। उनले रवि लामिछानेमाथि अन्याय भएकाले त्यसविरुद्ध लडाइँ गर्ने उल्लेख गरे। आफू कानुनको विद्यार्थीसमेत भएकाले व्यक्ति हेरेर कानुनको व्याख्या हुन्छ भन्नेमा आफू जानकार रहेको उनको भनाइ छ।

 

उनले रवि लामिछानेले सुशासनका लागि गरेको कामबाट त्रसित भएर फसाउने काम गरेको तर्क गरे। पोखरेलले आफ्नो जीवनको सम्पूर्ण अनुभवले रास्वपालाई अघि बढाउने धारणा राखे।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर