Aamsanchar

प्रहरीले फाँड्यो गाँजा, जलाएर नष्ट

Author Image
सोमवार, मंसिर १५, २०८२

विराटनगर- भोजपुर र धनकुटा जिल्लाका विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा रोपिएका ठूलो मात्रामा लागूऔषध गाँजाका बोट तथा बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ।

मंसिर १५ गते जिल्लास्थित सुरक्षा निकायको संयोजित टोली—जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ तथा अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको टोलीले आमचोक गाउँपालिका–५ र ८ का विभिन्न स्थानमा करिब ७७ रोपनी क्षेत्रफलमा फैलिएका ८ हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।

यस्तै, धनकुटामा प्रहरी चौकी आँखी सल्लाबाट खटिएको टोलीले सहिदभूमि गाउँपालिका–६ मा अवस्थित डाँडापाखामा करिब २ रोपनी क्षेत्रफलमा रहेका १ हजार ४ सय बोट गाँजा फडानी गरी नष्ट गरेको छ। प्रहरीका अनुसार अवैध खेती नियन्त्रण तथा लागुऔषध दुरुपयोग रोकथामका लागि यस किसिमका सन्चालनात्मक गतिविधि नियमित रूपमा जारी रहनेछ।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर