Aamsanchar

खोलाले बगाएर एक युवक हराए

Author Image
आइतवार, असार २५, २०७४

पाँचथर,

हिलिहाङ-१ अमरपुरकी धनकुमारी राईका १५ वर्षका छोरा आशिष राईलाई कावेली खोलाले बगाएर बेपत्ता बनाएको छ ।

शनिबार दिउँसो काबेली खोलाको किनारमा गाई बाख्रा चराउन गएका आशिष काबेली खोलाको मानवाँसे घाटमा नुहाउन पस्दा बगाएर बेपत्ता बनाएको पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाले उनको खोजी गरिरहेका छन् ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर