पोखरा।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज यहाँ सम्मान गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताउनुभयो ।
पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो ।
नेता पौडेलले काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 64