बिर्तामोड।

सुनका नक्कली गरगहना वैंकमा धितो राखेर वैंकलाई ठगी गरेको आरोपमा एक व्यक्ति सोमवार बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य वैंकबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मध्यपुरठिमी–८ भक्तपुर निवासी ३२ वर्षीय सुगन प्रजापती रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । उनका अनुसार सुन जस्तै देखिने वस्तु राष्ट्रिय वाणिज्य वैंकको बिर्तामोड शाखामा राखेर ६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रजापतीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका प्रजापतीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थेवेले जानकारी दिए । पक्राउ परेका प्रजापतीले बिर्तामोडसहित शिवगञ्ज र मोरङको उर्लावारीमा रहेको राष्ट्रिय वाणिज्य वैंकको शाखाबाट पनि रकम ठगी गरेको वैंकका क्षेत्रीय प्रवन्धक राजेन्द्र कट्टेलले जानकारी दिए ।

उनका अनुसार प्रजापतीले बिर्तामोड शाखाबाट ६ लाख ५० हजार, शिवगञ्ज शाखाबाट ९ लाख ३० हजार र उर्लावारी शाखाबाट ११ लाख ३२ हजार रुपैयाँ सुन कर्जा मार्फत रकम लिएका थिए । उनले बिर्तामोड शाखाबाट २०७२ फागुन २ गते ६ वटा सिक्री राखेर सुन कर्जामा उक्त रकम लिएको बिर्तामोड शाखा प्रवन्धक युवराज उप्रेतीले बताए । शिवगञ्ज शाखाबाट ९ थान नक्कली गरगहना राखेर ९ लाख ३० हजार रुपैयाँ लिएको शिवगञ्ज शाखा प्रवन्धक मनोहर जोशीले बताए ।
यता उर्लावारी शाखाबाट उनले १० थान सुनका गहरगहना राखेर ११ लाख ३२ हजार रुपैयाँ २०७२ पुसमा लिएको वैकका शाखा प्रवन्धक जयप्रसाद साहले बताए ।
सुन कर्जामार्फत लिएको रकमको व्याज तिर्न उनी सम्पर्कमा नआएको र पटक–पटक सम्पर्क गर्दा भाका सारेर सम्पर्कमा नआएपछि प्रहरीलाई उजुरी गरेको क्षेत्रीय प्रवन्धक कट्टेलले बताए । उजुरी लगत्तै प्रहरीले उनलाई वैंकको बिर्तामोड शाखाबाटै पक्राउ गरेको बताइएको छ ।
सुन जा“च्ने उपकरण
वैंकसंगै छैन
सुन जाँच्ने गुणस्तरीय उपकरण राष्ट्रिय वाणिज्य वैंकसंग नहुँदा प्रजापतीले सुनजस्तो पहेंलो धातु राष्ट्रिय वाणिज्य वैंकमा राखेर मोटो रकम ठगी गर्न खोजेको खुलेको छ ।
वाणिज्य वैंकमा रहेको सुन जाँच्ने उपकरण ट्रेन्च मेसिनमा सुन परीक्षण गर्दा २४ क्यारेटको देखिए पनि गालेर हेर्दा सात प्रतिशत मात्र सुन भेटिएको क्षेत्रीय प्रवन्धक कट्टेलले बताए । वैंकलाई प्रजापतीले ठगी गरेको उजुरी गर्न इलाका प्रहरी कार्यालय अनारमनी आइपुगेका क्षेत्रीय प्रवन्धक कट्टेलले

