Aamsanchar

झापामा यी दलका उमेदवारले सकेनन् जमानत जोगाउन

Author Image
बिहिवार, असार २९, २०७४

प्रमुख दलबाटै गाउँ–नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका केही उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् । माओवादी केन्द्रबाट अर्जुनधारा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भूपेन्द्र न्यौपाने र राप्रपाका उम्मेदवार छविलाल लम्सालले जमानत जोगाउन सकेनन् । सोही नगरपालिकामा राप्रपाबाट उपमेयरकी उम्मेदवार राधादेवी गिरीको पनि जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । जमानत जोगाउन नसक्नेमध्ये अधिकांश स्वतन्त्रका उम्मेदवार छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा माले, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति नेपाललगायत दलका केही उम्मेदवारको पनि जमानत जफत भएको छ ।

 

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर