Aamsanchar

आफ्नो मत मात्रै पाउने उम्मेदवारहरु

Author Image
बिहिवार, असार २९, २०७४

झापाका विभिन्न तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारले एक भोट मात्र पाए । उनीहरूले आफ्नो बाहेक कसैको मत पाएनन् । शिवसताक्षी नगरपालिकाकी उपमेयरकी स्वतन्त्र उम्मेदवार सावित्रादेवी दाहाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नारायण लुइँटेल, नेकपा संयुक्तबाट बिर्तामोड नगरपालिका–४ को अध्यक्षमा उम्मेदवार बनेकी मालती राजवंशी, बिर्तामोड–७ को अध्यक्षमा स्वतन्त्रबाट उठेका चन्द्रबहादुर लिम्बू र बिर्तामोड–१० को अध्यक्षमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका विवेक चुडालले आफ्नो एक मतमा चित्त बुझाउनुपर्‍यो ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर